
सोमबार जिल्ला संयोजक जयप्रकाश थारुको अध्यक्षतामा बसेको बैठकले थारुकै संयोजकत्वमा केन्द्रीय र प्रदेश सदस्यहरू समेटेर २१७ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । साथै, जयप्रकाश थारुकै संयोजकत्वमा फिरोज बादशाह, सब्बा अन्सारी, रूपनारायण सिंह, जयशंकर यादव, अमिरीलाल कलवार, टुनटुन तिवारी, गजाधर पटेल र अनिल पटेल सदस्य रहेको आर्थिक उपसमितिसमेत गठन गरिएको छ।

यसैगरी, जिल्ला सह(संयोजक गङ्गाबहादुर खड्काको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति र सह(संयोजक फिरोज बादशाहको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठन गरिएको छ, जसको सह(संयोजकमा देवेन्द्र पटेल रहेका छन् ।
अतिथि सत्कार उपसमितिको संयोजकमा विजयप्रसाद महतो र सहसंयोजकमा हिरा भट्टराईलाई जिम्मेवारी दिइएको छ । यस्तै किशोरीप्रसाद कुशवाहाको संयोजकत्वमा प्रचार(प्रसार उपसमिति गठन गरिएको छ, जसमा प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका मधेश प्रदेश तथा पर्सा जिल्ला अध्यक्षहरू सदस्य रहेका छन् ।
पार्टी पदाधिकारी बैठकमा नेकपा मधेश प्रदेशका सह(संयोजक क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’, पर्सा सह(इन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्य किशोरी कुशवाहा तथा जिल्ला सह(संयोजकहरूलगायत नेताहरूको उपस्थिति रहेको थियो ।







