LIVE 
रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न |

वीरगन्ज, १० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी पार्टीको आधिकारिक निर्णयबिना आफूखुशी उम्मेदवारी घोषणा गर्ने तथा त्यस्तो प्रचार–प्रसार गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

रास्वपा पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति फैयाज मियाँले शनिबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा पार्टीको तर्फबाट आगामी स्थानीय तह निर्वाचनका सम्भावित उम्मेदवारबारे भइरहेको प्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

पर्सा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकामा पार्टीका केही व्यक्तिहरूले आफूलाई मेयर तथा वडाध्यक्षको उम्मेदवारका रूपमा घोषणा गर्दै सामाजिक सञ्जालमा पोस्ट तथा प्रचार–प्रसार गरिरहेको पाइएको विज्ञप्तिमा उल्लेख छ।

मियाँले रास्वपाले अहिलेसम्म कुनै पनि स्थानीय तहका लागि आधिकारिक रूपमा उम्मेदवार तय वा घोषणा नगरेको स्पष्ट पारेका छन्। उनका अनुसार पार्टीका उम्मेदवार चयन ‘क्यान्डिडेट क्लब’, तोकिएको प्राथमिक निर्वाचन तथा पार्टीको विधानबमोजिम हुने व्यवस्था छ।
पार्टीको आधिकारिक निर्णय र निर्धारित प्रक्रियाभन्दा बाहिर गएर “म नै आधिकारिक उम्मेदवार हुँ” भन्दै सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने, अफवाह फैलाउने वा त्यस्तो प्रचार–प्रसार गर्ने तथा गराउने कार्य पार्टी अनुशासनविपरीत हुने मियाँले बताएका छन्।

यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पार्टीको अनुशासन संहिताअनुसार कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन्।
रास्वपा क्षेत्रीय सभापति मियाँले पार्टीका सदस्य, शुभचिन्तक तथा आम नागरिकलाई सामाजिक सञ्जालमा आउने अनधिकृत तथा भ्रामक पोस्टहरूको भ्रममा नपर्न आग्रह गरेका छन्। उनले पार्टीका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा निर्णयलाई मात्र आधिकारिक मान्न अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको