LIVE 
स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै |

वीरगंज,१२ साउन। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध नगर्न अपिल गरेको छ। मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्दै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक तथा संवेदनशील सेवा भएकाले कुनै पनि परिस्थितिमा उपचार सेवा प्रभावित हुन नहुने उल्लेख गरिएको छ। मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिएको छ।

विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट, दुर्व्यवहार र आक्रमणका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र निर्भय वातावरणमा सेवा दिन पाउनु उनीहरूको मौलिक अधिकार भएको उल्लेख गर्दै उपचार सेवा प्रभावित हुने कुनै पनि गतिविधि नगर्न सबै पक्षसँग आग्रह गरेको छ। साथै बिरामीको उपचारलाई पहिलो प्राथमिकतामा राखी स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालालाई मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको