LIVE 
धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित |

वीरगंज,१५ असार। पर्साको धोबीनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा आयोजित १३ औँ गाउँसभामा उ्रक्त नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।गाउँपालिकाका उपाध्यक्ष मञ्जु देवीको अनुमतिमा प्रमुख प्रशासकीय अधिकृत कृष्णा खतिवडाले नीति तथा कार्यक्रम मार्फत ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको अनुमानित बार्षिक बजेट प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तृत गर्दै प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बजेटको प्रभावकारी कार्यन्वयन, सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह गरि धोबीनी गाउँपालिकालाई जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा विकास गरिने बताए ।

गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मदन चौहानले शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको बताए ।

उनले विकास निर्माणको कामलाई तीव्रता दिइने र जनताका काम कारबाहीलाई छिटो, छरितो तथा प्रभावकारी बनाइने प्रतिबद्धता बताए ।
अध्यक्ष मदन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मञ्जु देवी कुर्मिन, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको