LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

वीरगंज, १० जेठ । वीरगंजको मुर्ली चौक नजिक रहेको जाईका बिरयानी हाउसले एक जना ग्राहकलाई बासी मटन बिरयानी बिक्री गरेको आरोप लागेको छ। रातको समयमा घरमा कोही नभएको र आफू एक्लै भएकाले बिरयानी खाने सोचमा ग्राहकले जाईका बिरयानी हाउसबाट मटन बिरयानी प्याक गराएर लगेका थिए। तर घर पुगेर खान खोज्दा बिरयानी बासी र बिग्रिएको महसुस भएको उनले बताएका छन्।

ग्राहकले आरोप लगाएका छन् कि यस्तो किसिमको खाद्य पदार्थले जनस्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। “स्वाद र गन्धले नै बासी भएको स्पष्ट बुझियो,” उनले भने। यस घटनाले उपभोक्ताको स्वास्थ्यलाई खतरामा पार्ने खालको लापरबाही देखाएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

नेपालको खाद्य ऐनअनुसार कुनै पनि खाद्य व्यवसायीले उपभोक्तालाई सुरक्षित, स्वच्छ र स्वास्थ्यमा हानी नपुग्ने खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान छ। तर जाईका बिरयानी हाउसले सो प्रावधानको उल्लंघन गर्दै आएको ग्राहकको आरोप छ।

ग्राहकले जब उक्त गुनासो लिएर जाईकाका सञ्चालकसँग सम्पर्क गरे, सञ्चालकले गम्भीरता नदेखाई केवल “पैसा फिर्ता लिई हाल्नु” भन्ने प्रतिक्रिया दिएका थिए। यस्तो गैरजिम्मेवार व्यवहारले उपभोक्तामा थप असन्तोष पैदा गरेको छ।

स्थानीय उपभोक्ताहरुले पनि यस्ता घटनाहरूले खाद्य सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको बताएका छन्। सम्बन्धित निकायले यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्नु पर्ने माग बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको