LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगंज,२५ जेठ। नागरिकता किर्ते तथा सरकारी कागजात नष्ट गरी तथ्य ढाकछोप गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह स्वतः निलम्बनमा परेका छन्।

अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा सिंहसहित ६ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएमा अन्तिम फैसला नआउञ्जेल उनी स्वतः निलम्बन हुने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार मेयर सिंहको पदसम्बन्धी अधिकार हालका लागि स्थगित भएको छ।

आयोगले सिंहमाथि सिन्धुपाल्चोककी रिता भट्टराईकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई झुटा जन्मदर्ता प्रमाणपत्र तयार गराएर नागरिकता दिलाउन मुख्य भूमिका खेलेको आरोप लगाएको छ। अनुसन्धानका क्रममा वडा नं. ३ का तत्कालीन पदाधिकारीसँगको मिलेमतोमा झुटा विवरणका आधारमा जन्मदर्ता गराई त्यसैको आधारमा नागरिकता जारी गराइएको तथ्य फेला परेको अख्तियारको दाबी छ।

यस प्रकरणमा वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय, कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखेल तथा गृह मन्त्रालयको छानबिन समितिका संयोजक पुस्कर राना र सदस्य पर्शुराम पोखरेललाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार केही प्रतिवादीले किर्ते प्रक्रियामा सहयोग गर्नुका साथै सरकारी अभिलेखमा गैरकानुनी हेरफेर र प्रमाण नष्ट गर्ने कार्य गरेका थिए। साथै छानबिन टोलीले वास्तविक तथ्य लुकाई गलत प्रतिवेदन पेस गरेको आरोप पनि लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको