LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

वीरगंज,१० साउन। पर्साको ग्रामीण क्षेत्र छिपहरमाई गाउँपालिका पछिल्लो समय लागुऔषध ओसारपसार तथा भण्डारणको सम्भावित केन्द्र बन्दै गएको संकेत देखिएको छ। पछिल्ला दिनमा यस क्षेत्रमा गाँजा बरामद हुने घटनाहरू दोहोरिन थालेपछि सुरक्षा निकायले निगरानी थप कडा बनाएको छ।

यसैक्रममा, पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुर स्थित एक आँप बगैंचाबाट प्रहरीले करिब १४० किलोग्राम गाँजा बरामद गरेको छ। पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले उक्त बगैंचामा खानतलासी गरेको थियो।

खोजतलासका क्रममा घाँसभित्र लुकाइछिपाइ राखिएको १३ वटा पोकामा प्याक गरिएको करिब १४० किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।प्रहरीका अनुसार गाँजा कसले, कहिले र कुन उद्देश्यका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय पर्साका ग्रामीण तथा सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसारका गतिविधि बढ्दै गएको आशंका गरिएको छ। सुनसान स्थान, बगैंचा तथा खेतबारीलाई लागुऔषध लुकाउने स्थानका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेको सुरक्षा निकायको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको