LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगंज । सिमावर्ती क्षेत्रबाट हुने तस्करीको घटना कुनै नौलो विषय होईन् । सिमानाकाबाट हुने तस्करी लगायतका अवैध गतिविधि नियन्त्रण गर्न नेपाल सरकारले सिमा नाका लगायत ठाउँ ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेको छ । जसमा तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीकै हुन्छ । तर पर्सामा भने सशस्त्र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भईरहेको पाईएको छ ।

पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने यस नाकाबाट प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी भईरहेको हो । सशस्त्र प्रहरी बल बञ्जारी भिस्वाका विओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक नारायण कार्की आएदेखी ठुलो आर्थिक चलखेलमा निर्वाध रुपमा तस्करी भईरहेको स्थानीयले समेत बताएका छन् ।

केही समय पहिला नेपालबाट तस्करीमार्फत भारतको सिकटा पुर्याईएको ठूलो मात्रामा चाइनिज लहसुन बरामद भएपछि भिस्वा नाका तस्करी बन्द भएको थियो । तर अहिले सशस्त्र प्रहरी निरीक्षक नारायण कार्कीले आएको दिन देखि नै भिस्वा नाकाबाट तस्करी खोलाएका छन । उनले साना देखी ठुला तस्कर समूहहरुलाई भेटेर तस्करी गर्नुस्, आफू खुलेर सघाउनै भन्दै तस्करीको लाईन चलाएको एक तस्कर बताउँछन् ।

भारतको सिकटा बाट लत्ता कपडा, हार्डवेयर, इलेक्ट्रोनिक समान, मीठा, किराना पसलको समानलगायतका सामग्रीहरू भिस्वा नाकाबाट नेपालतर्फ तस्करी भईरहेको पाईएको छ । त्यसैगरिनेपालबाट युनिलिभर लिमिटेडका कस्मेटिक सामान र गोल्ड स्टार जुत्ता, चाइनिज फजी स्याउलगायतका सामग्रीहरू भिस्वावाट तस्करीमार्फत भारतको सिकटा बजार तर्फ तस्करी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको