LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

वीरगंज । सिमावर्ती क्षेत्रबाट हुने तस्करीको घटना कुनै नौलो विषय होईन् । सिमानाकाबाट हुने तस्करी लगायतका अवैध गतिविधि नियन्त्रण गर्न नेपाल सरकारले सिमा नाका लगायत ठाउँ ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेको छ । जसमा तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीकै हुन्छ । तर पर्सामा भने सशस्त्र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भईरहेको पाईएको छ ।

पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने यस नाकाबाट प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी भईरहेको हो । सशस्त्र प्रहरी बल बञ्जारी भिस्वाका विओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक नारायण कार्की आएदेखी ठुलो आर्थिक चलखेलमा निर्वाध रुपमा तस्करी भईरहेको स्थानीयले समेत बताएका छन् ।

केही समय पहिला नेपालबाट तस्करीमार्फत भारतको सिकटा पुर्याईएको ठूलो मात्रामा चाइनिज लहसुन बरामद भएपछि भिस्वा नाका तस्करी बन्द भएको थियो । तर अहिले सशस्त्र प्रहरी निरीक्षक नारायण कार्कीले आएको दिन देखि नै भिस्वा नाकाबाट तस्करी खोलाएका छन । उनले साना देखी ठुला तस्कर समूहहरुलाई भेटेर तस्करी गर्नुस्, आफू खुलेर सघाउनै भन्दै तस्करीको लाईन चलाएको एक तस्कर बताउँछन् ।

भारतको सिकटा बाट लत्ता कपडा, हार्डवेयर, इलेक्ट्रोनिक समान, मीठा, किराना पसलको समानलगायतका सामग्रीहरू भिस्वा नाकाबाट नेपालतर्फ तस्करी भईरहेको पाईएको छ । त्यसैगरिनेपालबाट युनिलिभर लिमिटेडका कस्मेटिक सामान र गोल्ड स्टार जुत्ता, चाइनिज फजी स्याउलगायतका सामग्रीहरू भिस्वावाट तस्करीमार्फत भारतको सिकटा बजार तर्फ तस्करी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको