LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज,२० भदौ। पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित तिलावे पुलदेखि भिस्वा जाने सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको कारसमेत नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले तिलावे पुलतर्फबाट आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कारलाई रोकेर जाँच गरेको थियो।

जाँच गर्ने क्रममा कारको डिकीभित्र १२ वटा पोकामा लुकाएर राखिएको अवस्थामा ११४ किलो २५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको हो।

प्रहरीले बरामद गाँजा, कार तथा पक्राउ परेका युवकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

पछिल्लो समय पर्साका विभिन्न ग्रामीण सडक तथा सीमा नाकामार्फत लागूऔषध ओसारपसार हुने गतिविधिमाथि प्रहरीले निगरानी बढाउँदै आएको जनाएको छ। विशेषगरी भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रका सडकलाई प्रयोग गरी लागूऔषध ओसारपसार हुन सक्ने भन्दै प्रहरीले सवारीसाधन जाँच तथा निगरानीलाई तीव्र बनाएको बताएको छ।

प्रहरीले लागूऔषध नियन्त्रणका लागि नियमित रूपमा विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। यस क्रममा शंकास्पद सवारीसाधन तथा व्यक्तिमाथि निगरानी र जाँचलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको