LIVE 
पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम | मिश्र र पासवानको कार्यशैलीमाथि कार्यकर्ताको असन्तुष्टि |

वीरगंज,२३ जेठ। पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पुसअप प्रतियोगिता सम्पन्न भएको छ। वीरगंजको लिंक रोडमा आयोजित प्रतियोगितामा विभिन्न खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा सुमित पटेल प्रथम, धिरज साह द्वितीय तथा बर्मा यादव तृतीय स्थान हासिल गर्न सफल भएका थिए। विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि जसवन्त यादव ले संघ र प्रदेश सरकार नपुगेका ठाउँमा स्थानीय सरकार पुग्नुपर्ने बताउँदै शारीरिक अभ्यास स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। उनले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा युवराज कटुवाल, खेलाडीहरू वेश आलम, सुजित यादव, अफताव आलम, खालिद हुसेन तथा अभिभावक मणिन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितासँगै वार्षिक उत्सवको अवसरमा सेन्टरमा निरन्तर योगदान पुर्‍याउने विशाल यादव, सुमित पटेल, सन्ध्या चौधरी, कृष्ण साह, मणिन्द्रलाल श्रेष्ठ र देवेन्द्र यादव लाई सम्मान गरिएको थियो।

पब्लिक फिटनेस सेन्टर वीरगंजका सञ्चालक, खेलाडी तथा प्रशिक्षक करण यादवकी छोरी आहाना यादवले वार्षिक उत्सवको केक काटेकी थिइन्। करण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको