LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

वीरगंज,२३ जेठ। पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पुसअप प्रतियोगिता सम्पन्न भएको छ। वीरगंजको लिंक रोडमा आयोजित प्रतियोगितामा विभिन्न खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा सुमित पटेल प्रथम, धिरज साह द्वितीय तथा बर्मा यादव तृतीय स्थान हासिल गर्न सफल भएका थिए। विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि जसवन्त यादव ले संघ र प्रदेश सरकार नपुगेका ठाउँमा स्थानीय सरकार पुग्नुपर्ने बताउँदै शारीरिक अभ्यास स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। उनले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा युवराज कटुवाल, खेलाडीहरू वेश आलम, सुजित यादव, अफताव आलम, खालिद हुसेन तथा अभिभावक मणिन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितासँगै वार्षिक उत्सवको अवसरमा सेन्टरमा निरन्तर योगदान पुर्‍याउने विशाल यादव, सुमित पटेल, सन्ध्या चौधरी, कृष्ण साह, मणिन्द्रलाल श्रेष्ठ र देवेन्द्र यादव लाई सम्मान गरिएको थियो।

पब्लिक फिटनेस सेन्टर वीरगंजका सञ्चालक, खेलाडी तथा प्रशिक्षक करण यादवकी छोरी आहाना यादवले वार्षिक उत्सवको केक काटेकी थिइन्। करण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको