LIVE 
पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम | मिश्र र पासवानको कार्यशैलीमाथि कार्यकर्ताको असन्तुष्टि |

वीरगंज,२३ जेठ। जिल्ला प्रहरी कार्यालय पर्सामा रहेको टाइगर टोलीका इन्चार्ज भन्ने प्रहरी जवान दिनेश सिंह र जोगिन्द्र यादव तस्कर तथा अवैध कारोबारीसंग रकम असुलीमा लागेका छन् ।

सीमानाकाबाट हुने तस्करी लगायतका अवैध वापत जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको नाममा प्रहरी जवान सिंह र यादव रकम असुलीमा लागेको प्रहरी स्रोतले जनाएको छ ।

वीरगंजको ईनार्वा, छपकैया र सिर्सिया नाकाबाट दर्जनौं तस्कर समूहहरुले भारतको रक्सौलबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, खाद्यान्न तथा किराना सामान, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, पान मसाला, (रजनीगन्धा, गुटखा), स्पेयर पार्टस र माछालगायतका समानहरु इ–रिक्सा, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट संगठित तस्करीलाई लाईन दिईएको छ ।

यस क्षेत्रबाट हुने यी तस्करीको रकम असुल्नको लागि जिल्लाको क्राइम शाखाका इन्चार्ज लोकेन्द्र पंडितको सहयोगमा टाईगर टोलीको जिम्मेवारी पाएर सिंह र यादव असुली धन्दा चलाएको समाचार स्रोतले जनाएको छ ।

प्रहरी चौकी सिर्सियाको घुमुवा रहेर वीरगंजका तस्कर तथा व्यापारीहरुमा बलियो साँटघाट बनाईसकेका प्रहरी जवान सिंहले टाईगर टोलीको इन्चार्जको धाकधम्की दिदै वीरगंजको छपकैया, सिर्सिया, ड्राईपोर्ट, अलौं लगायतका ठाउँबाट दैनिक ५० हजारसम्म रकम असुल्दै आएको बताईन्छ ।

विभिन्न जिल्लाका विवादित घुमुवा प्रहरीहरुलाई प्रदेश कार्यालय तानिरसहेका डिआईजीले सिंह र यादवलाई कारबाही गर्छन कि गर्दैनन् ? त्यो पर्ख र हेरको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको