LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज,८ जेठ।  छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा रहेको मुख्य सडक क्षेत्रमा अनाधिकृत रूपमा सवारी साधन तथा निर्माण सामग्री राख्ने कार्य नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै श्री दिव्य बचत तथा ऋण सहकारी संस्था देखि दक्षिण भिस्वा सिक्टा बोर्डरसम्मको सार्वजनिक सडकमा कुनै पनि प्रकारका गाडी, घोडा, गिटी, बालुवा लगायतका सामग्री राखेर अवरोध नगर्न आग्रह गरेको हो।

सूचनामा सार्वजनिक सडकलाई अवरुद्ध हुने गरी पार्किङ वा सामग्री राख्दा आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ्ने उल्लेख गरिएको छ। त्यसैले सम्बन्धित सबैलाई सडक क्षेत्र खाली राखी व्यवस्थित रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ।

गाउँपालिकाले अटेरी गरी नियम उल्लंघन गर्ने व्यक्ति वा पक्षमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ। स्थानीय प्रशासनले सार्वजनिक सडकको संरक्षण र सहज यातायात सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको