LIVE 
पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम | मिश्र र पासवानको कार्यशैलीमाथि कार्यकर्ताको असन्तुष्टि | पर्सा लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा सन्नी पटेल निर्वाचित | सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो |

वैशाख ८ –वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँबायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने कार्य सम्पन्न भएको छ। आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको अभियान सोमबारसम्ममा सम्पन्न भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।

त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि नेपाल–भारत मितेरी पुलसम्मको सडक खण्डमा रहेका करिब १ हजार २ सय घरटहरामा दुई दिनभित्रै डोजर चलाइएको कार्यालयले जानकारी दिएको छ। यसले लामो समयदेखि रहेको अतिक्रमण हटाउने अभियानलाई तीव्र रूपमा अघि बढाइएको देखिन्छ।

कार्यालयकी इन्जिनियर दिलासा तिवारीका अनुसार भत्काइएका संरचनाबाट निस्किएको फोहोर छिट्टै व्यवस्थापन गर्ने तयारी भइरहेको छ। साथै, सडक निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न विभागअन्तर्गतकै उत्तर–दक्षिण आयोजना निर्देशनालयलाई आग्रह गरिएको उनले बताइन्।

उनका अनुसार हाल बजेट अभावका कारण डिपिआर तयारीकै चरणमा रहेको छ। डिपिआर तयार भएपछि मात्रै केन्द्र सरकारबाट बजेट प्राप्त हुने र त्यसपछि निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ।

बजेट उपलब्ध भएपछि गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक खण्डलाई ६ लेनमा विस्तार गर्न ठेक्का प्रक्रिया सुरु गरिनेछ। सडक डिभिजन कार्यालयका अनुसार डिपिआर तयार हुन ३ देखि ४ महिना लाग्नेछ भने आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने सम्भावना रहेको छ। निर्माण कार्य सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै सो क्षेत्रमा रहेका संरचना १२ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार छोटो समयमै अधिकांश संरचना हटाइएको हो।

अभियानपछि वीरगंजको मुख्य बजार क्षेत्र प्रभावित बनेको छ। भत्काइएका संरचनाको फोहोर अझै व्यवस्थापन नभएकाले बजार क्षेत्र खण्डहरजस्तो देखिन थालेको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको