LIVE 
पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम | मिश्र र पासवानको कार्यशैलीमाथि कार्यकर्ताको असन्तुष्टि | पर्सा लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा सन्नी पटेल निर्वाचित | सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो |

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो साढे तिन बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ।

वर्तमान राजनीतिक परिदृश्यका कारण यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर कसुरमा पक्राउ परेका विवादित व्यवसायी दिपक भट्ट सँग गृहमन्त्री सुधन गुरुङ को व्यावसायिक सम्बन्ध रहेको भन्ने दाबी सार्वजनिक भएपछि उहाँमाथि राजीनामा दिन वा बर्खास्त गर्न दबाब बढेको बताइएको छ।

प्रधानमन्त्री शाहले सुशासन र सदाचारलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आउनुभएको छ। यसअघि पदको दुरुपयोगसम्बन्धी आरोपपछि श्रममन्त्री दीपककुमार साह लाई पदमुक्त गरिएको उदाहरणसमेत छ। सोही आधारमा गृहमन्त्रीको विषयमा पनि कडा कदम चाल्न सक्ने आकलन गरिएको छ।

आजको बैठकमा नियमित कार्यसूचीका अतिरिक्त गृहमन्त्रीसँग सम्बन्धित विवाद र त्यसले सरकारको छविमा पारेको प्रभावबारे छलफल हुने स्रोतले जनाएको छ। विवादमा मुछिएका मन्त्रीहरूलाई संरक्षण नदिने प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिका कारण बैठकबाट महत्वपूर्ण निर्णय आउन सक्ने सम्भावना रहेको बताइन्छ।

सरकारले सुशासनलाई प्राथमिकता दिएको दाबी गरिरहेका बेला आफ्नै मन्त्रिमण्डलका सदस्यहरूमाथि उठेका प्रश्नको सम्बोधन कसरी हुन्छ भन्ने विषयमा आम चासो केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको