LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

विराटनगर,१४ चैत । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाइको माग गरेको छ।

शनिबार कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा ले विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमले मुलुकलाई मुठभेडतर्फ धकेल्ने चेतावनी दिँदै तत्काल रिहाइको माग गरेका हुन्।

गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयनको बहानामा गरिएको पक्राउ पूर्वाग्रही रहेको प्रदेश कमिटीले जनाएको छ। ‘२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको सरकारले लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार सुरु गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ गतेको युवाहरूको शान्तिपूर्ण आन्दोलनलाई नियोजित रूपमा प्रयोग गरी प्रतिशोध साध्ने काम गरिएको छ।’

अध्यक्षको पक्राउलाई कम्युनिष्ट आन्दोलन र लोकतन्त्रमाथि प्रहारको रूपमा एमालेले व्याख्या गरेको छ। विज्ञप्तिमार्फत अध्यक्ष ओलीसहित पक्राउ परेका अन्य नेताहरूलाई बिनाशर्त तत्काल रिहा गर्न माग गरिएको छ। साथै, सरकारको कदमविरुद्ध सशक्त आन्दोलनमा उत्रन नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरिएको छ।

एमालेले आन्दोलनका कार्यक्रम तय गर्न शनिबार विराटनगर मा बैठक आह्वान गरेको छ। केन्द्रीय सदस्य पर्शुराम बस्नेत का अनुसार बैठकले प्रदेशस्तरीय आन्दोलनको कार्यक्रम निर्धारण गर्नेछ।

‘हामी कानुनी लडाइँ पनि लड्छौं, सदनमा पनि सशक्त आवाज उठाउँछौं र सडक संघर्षमा पनि उत्रिन्छौं,’ बस्नेतले भने, ‘हिजो पनि यस्ता दमनका विरुद्ध लडेका थियौं र आज पनि डटेर सामना गर्न तयार छौं।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको