LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिकाका विभिन्न टोलमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादवले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। वडा नं. ४, ५, ६ र ७ अन्तर्गत कुमार टोल, गणेशमान चोक, अमर चोक लगायतका क्षेत्रमा सम्पन्न कार्यक्रमका क्रममा उम्मेदवार यादवप्रति उल्लेख्य जनसमर्थन देखिएको आयोजक पक्षले जनाएको छ।घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त न्यानो स्वागत, आशिर्वाद र उत्साहले पर्सा–१ मा जसपाको चुनावी माहोल थप तातेको दाबी गरिएको छ। स्थानीय बासिन्दाले मधेसी समुदायको अधिकार, स्वाभिमान तथा समग्र क्षेत्रको समृद्धिका लागि यसपटक ‘छाता’ चुनाव चिह्नमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।घर–घरमा पुगेका उम्मेदवार यादवलाई स्थानीयले “अब परिवर्तनको समय आएको छ” भन्दै उत्साहपूर्वक साथ दिएका थिए। कार्यक्रमका क्रममा केही मतदाताले दुई–दुई पटक अवसर पाउँदा पनि अपेक्षित विकास गर्न नसक्ने पुराना प्रतिनिधिलाई बिदाइ गर्ने समय आएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यसपटक अधिकार, सुशासन र जवाफदेही नेतृत्वका पक्षमा मतदान गर्ने बताएका छन्।

उम्मेदवार यादवले जनताको विश्वास र समर्थनलाई ठूलो जिम्मेवारीका रूपमा लिँदै निर्वाचित भएमा मधेसी अधिकार, समान विकास, रोजगारी सिर्जना तथा सुशासनका मुद्दालाई संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनतासँग निरन्तर संवाद र सहकार्य गर्दै क्षेत्रको समग्र विकासमा आफू प्रतिबद्ध रहने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको