LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

बिरगंज,९ पुष । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता दिपेश साहको नाम सिफारिस गरिएको छ। राप्रपाको स्थानीय तथा क्षेत्रीय तहको बैठकले साहलाई आगामी निर्वाचनका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै केन्द्रमा नाम सिफारिस गरेको हो।

पार्टीभित्र सक्रिय र संगठन निर्माणमा अग्रपंक्तिमा रहँदै आएका दिपेश साहलाई युवामाझ लोकप्रिय तथा स्पष्ट विचारधारा भएका नेता रूपमा चिनिन्छ। पार्टी स्रोतका अनुसार पर्सा–३ मा संगठन विस्तार, जनसम्पर्क र विचार प्रवाहमा उनको भूमिका प्रभावकारी रहँदै आएको छ। यही योगदानलाई मध्यनजर गर्दै उनको नाम सिफारिस गरिएको जनाइएको छ।

दिपेश साहले राष्ट्रवाद, सुशासन, सांस्कृतिक पहिचान र युवाको सहभागितालाई प्राथमिकता दिने अडान राख्दै आएका छन्। उनी स्थानीय समस्या समाधान, रोजगारी सिर्जना र विकास निर्माणका मुद्दामा केन्द्रित भएर राजनीतिमा सक्रिय छन्। पार्टी नेतृत्वले पर्सा–३ मा राप्रपाको आधार मजबुत बनाउन युवा नेतृत्व आवश्यक रहेको ठहर गर्दै साहलाई अगाडि सारेको बुझिएको छ।

नाम सिफारिस भएसँगै पर्सा–३ मा राजनीतिक गतिविधि थप चर्किने संकेत देखिएको छ। स्थानीय कार्यकर्ताहरूले दिपेश साहको सिफारिसलाई सकारात्मक रूपमा लिँदै उत्साह प्रकट गरेका छन्। उनीहरूले साह उम्मेदवार बनेमा पर्सा–३ मा राप्रपाको उपस्थितिलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्।

अन्तिम उम्मेदवार चयन भने पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हुने जनाइएको छ। केन्द्रबाट अनुमोदन भएमा दिपेश साह पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको