LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज,२० मंसिर। सिमावर्ती क्षेत्रबाट हुने तस्करीका घटना कुनै नयाँ विषय होइन। सिमानाकाबाट हुने तस्करी लगायतका अवैध गतिविधि नियन्त्रण गर्न नेपाल सरकारले सिमा नाका लगायत ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर पर्साको भिस्वा नाकामा भने सशस्त्र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भईरहेको पाईएको छ।

स्थानीय स्रोतका अनुसार भिस्वा नाकाबाट दैनिक १० देखि २० ट्रेक्टर  हड्डी, कबाड र ३ देखी ४ ट्रेक्टर ड्रम (डराम) को अवैध तस्करी प्रहरीकै मिलेमतोमा भइरहेको छ । सशस्त्र प्रहरी बल बन्जारी–भिस्वा बीओपीका सशस्त्र प्रहरी निरीक्षक रोशन मगर आएकै दिन देखी तस्करी झन्डै बढेको छ। आर्थिक चलखेलमा ठूलो मात्रामा तस्करी भैरहेको नाम नखोल्ने सर्तमा कबाडमै दैनिक जालामा काम गर्ने त्यहिका स्थानीयहरु बताएका छन।

सीमा सुरक्षा गर्ने, चोरी–तस्करी रोक्ने र राजस्व सुरक्षित गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै सेटिङमा अवैध गतिविधि तस्करी भइरहेको स्थानीयहरूको भनाइ छ। उनीहरूका अनुसार, सशस्त्र प्रहरी बीओपीका इन्चार्ज प्रहरी निरीक्षक रोशन मगर मोटो रकम लिएर तस्करीका लाइन  खुलाएका छन। रातिको समयमा हड्डी, कबाड भारतको सिक्टा र बिहान् ,दिउँसो र राति ड्रम भारतको बलथर पुर्‍याउन गरेका छन ।

भिस्वा नाकामा सक्रिय तस्कर शशिकान्त कुशवाहाले हड्डी र कबाड तस्करीको लाइन पाएको स्रोतले जनाएको छ। राति सिक्टा–भिस्वा खोला किनारको खेतहरुको बाटो प्रयोग गरी उनीहरूले ठूलो मात्रामा हड्डी र कबाड भारतको सिक्टा लैजाने गरेका छन्। त्यस्तै, बिहान् ,दिउँसो र रातिको समयमा ड्रम (डराम) तस्करहरूले जयमंगलापुरको माई मन्दिर अगाडिको बाटो हुँदै खोला किनारबाट दैनिक ४०-५० साइकल ड्रम भारतको सरकियाटोला पुर्‍याउन गरेका छन।

स्थानीयहरूको अनुसार, प्रहरीकै मिलेमतोमा हुने तस्करी रोक्न कुनै प्रभावकारी प्रयास भइरहेको छैन। यसरी निरन्तर तस्करी हुँदै जाँदा भिस्वा नाकामा तैनाथ सुरक्षा निकायमाथि गम्भीर प्रश्न उठेको छ।

उनहरूका अनुसार, प्रहरी र तस्करबीचको ‘सेटिङ’ अन्त्य नभएसम्म सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सम्भव नहुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको