LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज,१२ मंसिर। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले हालै सार्वजनिक रूपमा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल मुस्लिम समाज पर्साले तीव्र आपत्ति जनाएको छ। संघका अध्यक्ष महबुब अली उर्फ शेरुका अनुसार उक्त अभिव्यक्ति कुनै पनि प्रकारको एडिटिङ वा कृत्रिम प्रविधि (AI) प्रयोगबिना नै प्रसारित भएको सत्य हो भने, त्यो मुस्लिम समुदायसहित कुनै पनि धर्म, जाति, भाषा वा संस्कृतिमाथि अपमानजनक र अवमाननापूर्ण रहेको स्पष्ट आपत्ति जनाएको छ।

नेपाललाई बहुलतावादी, सहिष्णु र समावेशी राष्ट्रका रूपमा व्याख्या गर्दै समाजले सार्वजनिक पदमा रहेका व्यक्तिबाट आउने अभिव्यक्तिले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएको छ। तर प्रधानमन्त्रीको संवेदनशील टिप्पणीले समाजमा अनावश्यक तनाव, अविश्वास र वैमनस्य फैलन सक्ने गम्भीर जोखिम रहेको मुस्लिम समाजको आरोप छ।

नेपाल मुस्लिम समाज पर्साले यस्तो अभिव्यक्तिले मुस्लिम समुदाय मात्र होइन, देशको समग्र सामाजिक समावेशिता र सामुदायिक सौहार्दमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। संवेदनशील तथा अल्पसंख्यक समुदायको सम्मान, सुरक्षामा कमजोरी ल्याउने अभिव्यक्तिहरू न नैतिक रूपमा स्वीकार्य हुने, न कानूनी रूपमा उचित ठहरिने मुस्लिम समाज पर्साको भनाइ छ।

यही प्रसंगमा मुस्लिम समाज पर्साले सरकारसमक्ष तीन बुँदे माग समेत राखेको छ—

१.प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे तत्काल सार्वजनिक स्पष्टिकरण दिनु।

२.कुनै पनि समुदायविरुद्ध अपमानजनक वक्तव्य दोहोरिन नदिन संवैधानिक तथा नैतिक मापदण्ड कडाइका साथ पालन गर्नु।

३.सामाजिक सौहार्द, धार्मिक सहिष्णुता र संवेदनशील समुदायको सुरक्षालाई प्राथमिकता दिने नीतिगत तथा व्यवहारिक कदम तत्काल अघि बढाउनु।

नेपाल मुस्लिम समाज पर्साले सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको संरक्षणका लागि निरन्तर प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गरेको छ।

             भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको