वीरगंज,२३ जेठ। देशको प्रमुख आर्थिक तथा व्यापारित नाकाका रुपमा परिचित वीरगंजमा अहिले तब्स्करी पुनः मौलाउँदै गएको पाईएको छ । सिमानाकाबाट हुने तस्करी लगायतका अवैध कारोबार नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा भारतको रक्सौल बजारसंग जोडिएको वीरगंजको ईनार्वा, छपकैया र सिर्सिया नाकाबाट खुलेयाम तस्करी भईरहेको पाईएको हो ।
पछिल्लो समय सर्वसाधारणले घरायसी प्रयोजनका सामानहरु ल्याउँदा हँदैसम्म कडाई गरेको सशस्त्र प्रहरीले अहिले भने वीरगंजका दर्जनौं अवैध कारोवारी तथा तस्करहरुको साँटघाटमा रातीको समय वीरगंजको ईनार्वा, छपकैया र सिर्सिया नाकाबाट दर्जनौं तस्कर समूहहरुले भारतको रक्सौलबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, खाद्यान्न तथा किराना सामान, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, पान मसाला, (रजनीगन्धा, गुटखा), स्पेयर पार्टस र माछालगायतका समानहरु इ–रिक्सा, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट संगठित तस्करीलाई लाईन दिएको छ ।
यस क्षेत्रबाट हुने तस्करी वापतको असुलीका लागि सशस्त्र प्रहरी बल पर्साका एसपी मोहनबहादुर क्षेत्रीले ऋषिकान्त साहलाई घुमुवाको रुपमा परिचालन गरको प्रहरी स्रोतले जनाएको छ । यस्तै, सशस्त्र प्रहरी बल वीरगंज भन्सारका डिएसपी विकास अधिकारीले पशुुपति दुवे नामक प्रहरीलाई घुमुवाको रुपमा पचिचालन गरि तस्करीको लाईन चलाएको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी स्रोत अनुसार सीमानाकाबाट हुने तस्करीका मालसामान समात्ने भनेर एसपी क्षेत्रीले ऋषिकान्त साह र डिएसपी अधिकारीले पशुपति दुवेलाई परिचलन गरेको बाहानामा सेटिङ्ग नमिल्ने तस्करहरुको मालसामान समात्ने र तस्करलाई नसमाति पछि सेटिङ्ग गरेर तस्करीको लाईन चलाईएको छ । जुन तस्करी वापात अवैध रकम असुलीका लागि साह र दुवे घुमुवाको रुपमा परिचालन रहेको बताईन्छ ।







