LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज,२३ जेठ। मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को जेठ २१ गतेसम्म कुल विनियोजित बजेटको १९.४ प्रतिशत मात्र खर्च गरेको छ।

प्रदेश सरकारको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँ बजेटमध्ये हालसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

खर्च विवरणअनुसार चालुतर्फ ५ अर्ब ३२ करोड ४४ लाख ८४ हजार रुपैयाँ तथा पुँजीगततर्फ ३ अर्ब ७९ करोड ५० लाख ९१ हजार रुपैयाँ खर्च भएको अर्थमन्त्री युवराज भट्टराई ले जानकारी दिएका छन्।

अर्थ मन्त्रालयका अनुसार जेठ १३ गतेसम्म कुल खर्च ८ अर्ब ७५ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेको थियो। जेठ २१ गतेसम्म आइपुग्दा खर्चमा करिब ३६ करोड २० लाख रुपैयाँ वृद्धि भएको देखिएको छ।

यस अवधिमा चालु खर्च करिब ९ करोड ७४ लाख रुपैयाँ तथा पुँजीगत खर्च करिब २६ करोड ४६ लाख रुपैयाँ ले वृद्धि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको