LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

वीरगंज,२३ जेठ। जिल्ला प्रहरी कार्यालय पर्सामा रहेको टाइगर टोलीका इन्चार्ज भन्ने प्रहरी जवान दिनेश सिंह र जोगिन्द्र यादव तस्कर तथा अवैध कारोबारीसंग रकम असुलीमा लागेका छन् ।

सीमानाकाबाट हुने तस्करी लगायतका अवैध वापत जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको नाममा प्रहरी जवान सिंह र यादव रकम असुलीमा लागेको प्रहरी स्रोतले जनाएको छ ।

वीरगंजको ईनार्वा, छपकैया र सिर्सिया नाकाबाट दर्जनौं तस्कर समूहहरुले भारतको रक्सौलबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, खाद्यान्न तथा किराना सामान, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, पान मसाला, (रजनीगन्धा, गुटखा), स्पेयर पार्टस र माछालगायतका समानहरु इ–रिक्सा, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट संगठित तस्करीलाई लाईन दिईएको छ ।

यस क्षेत्रबाट हुने यी तस्करीको रकम असुल्नको लागि जिल्लाको क्राइम शाखाका इन्चार्ज लोकेन्द्र पंडितको सहयोगमा टाईगर टोलीको जिम्मेवारी पाएर सिंह र यादव असुली धन्दा चलाएको समाचार स्रोतले जनाएको छ ।

प्रहरी चौकी सिर्सियाको घुमुवा रहेर वीरगंजका तस्कर तथा व्यापारीहरुमा बलियो साँटघाट बनाईसकेका प्रहरी जवान सिंहले टाईगर टोलीको इन्चार्जको धाकधम्की दिदै वीरगंजको छपकैया, सिर्सिया, ड्राईपोर्ट, अलौं लगायतका ठाउँबाट दैनिक ५० हजारसम्म रकम असुल्दै आएको बताईन्छ ।

विभिन्न जिल्लाका विवादित घुमुवा प्रहरीहरुलाई प्रदेश कार्यालय तानिरसहेका डिआईजीले सिंह र यादवलाई कारबाही गर्छन कि गर्दैनन् ? त्यो पर्ख र हेरको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको