LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

मधेश प्रदेश सरकारले नागरिक सुरक्षालाई प्राथमिकता दिंदै ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रम लागू गरेको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयमार्फत सुरु भएका यी कार्यक्रममार्फत दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई रु १० लाखसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

यस्तै, आगलागी, बाढी, हावाहुरी वा अन्य प्राकृतिक विपदबाट आवासमा क्षति पुगेमा रु १ लाखदेखि ५ लाख २५ हजारसम्म सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, यस कार्यक्रमको उद्देश्य विपदबाट पीडित नागरिकलाई तात्कालिक राहत दिनु र सामाजिक सुरक्षाको अनुभूति गराउनु हो।

खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल अनुसार, “सरकार नागरिकको सुरक्षालाई केन्द्रमा राखेर अघि बढिरहेको छ। यी कार्यक्रमले विपदमा परेका नागरिकलाई राहत दिने मात्र होइन, आगामी दिनमा सुरक्षाका थप योजना बनाउने आधारसमेत तयार पार्नेछ।”

विगतमा मधेश प्रदेशका विभिन्न जिल्लामा बाढी र आगलागीले ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको पृष्ठभूमिमा सरकारले यस्तो कार्यक्रम ल्याएको हो। यो कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गरिने मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको