LIVE 
पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला |

पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थिति रहेको थियो भने अध्यक्षता बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिहासन साह तेलीले गरेका थिए।

नगरपालिका वडा नं. ०१ स्थित सभाहलमा आयोजित कार्यक्रममा बहुदरमाई नगरपालिकाकी उप-प्रमुख शुष्मा कुमारी कुशवाहा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा बहुदरमाई नगरपालिकाका वडा अध्यक्षहरू, समाजसेवी, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न सरकारी तथा गैर सरकारी संघ-संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमा देखिएका सुरक्षा चुनौती, सार्वजनिक सेवा प्रवाहमा देखा परेका समस्याहरू तथा समाधानका उपायहरूबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका जिम्मेवार व्यक्तिहरूले नागरिकका जिज्ञासाहरूको जवाफ दिँदै समस्याको समाधानमा प्रशासन तथा सुरक्षा निकाय सधैं जनताको साथमा रहेको प्रतिवद्धता व्यक्त गरे।

नागरिकसँग प्रत्यक्ष संवाद तथा जवाफदेहिताको अभ्यासका रूपमा कार्यक्रमलाई सफल मानिएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको