LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगंज, जेठ १९ – भारतमा फेरि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। भारत–नेपाल मुख्य प्रवेशद्वार रक्सौल–वीरगंज नाकामा हेल्थ डेस्कमार्फत यात्रुहरूको स्वास्थ्य परीक्षण कडाइका साथ थालिएको छ।

सोमबार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वयं नाका पुगेर हेल्थ डेस्कको निरीक्षण गरेका थिए। भारतमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको सन्दर्भमा नेपालमा संक्रमण फैलिन नदिन सतर्कता अपनाउनु आवश्यक भएको प्रमुख सिंहले बताए।

उनका अनुसार, हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउन तयारी अघि बढाइएको छ। मास्क, स्यानिटाइजर, तापक्रम मापन उपकरणजस्ता सामग्रीको कुनै अभाव नहुने गरी व्यवस्थापन गरिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको जानकारी दिए। उनले कोभिडको पुनः सक्रियता हेर्दा सतर्कता बढाउनुको विकल्प नरहेको बताए।

स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार, भारतको रक्सौलबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको तापक्रम अनिवार्य रूपमा स्क्रिनिङ गरिँदैछ। हेल्थ डेस्कको सरसफाइ र आवश्यक मर्मतसम्भार पनि सुरु गरिएको छ।

हाल ७ जना जनशक्ति हेल्थ डेस्कमा खटेर यात्रुको स्वास्थ्य परीक्षण कार्यमा संलग्न छन्।

सिमा नाकाबाट संक्रमण प्रवेश गर्न नदिन समयमै सतर्कता अपनाइने र आवश्यक तयारीमा कुनै कमी नराखिने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको