LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

१८ जेठ, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–५ का दिपेश पटेललाई कहिल्यै थाहा थिएन—एक जना स्थानीय व्यक्तिको भनाइमा बैंक खाता खोल्नु आफैंलाई आर्थिक दुर्घटनाको ढोका खोल्नु हुने छ। तर अब उनलाई मात्र होइन, दर्जनौं सर्वसाधारणलाई यो वास्तविकता अत्यन्त पीडादायक ढंगले थाहा भएको छ।

वीरगंज–१६, नगवाका शेख मकबुल नेतृत्वको समूहले विभिन्न व्यक्तिलाई बैंक खाता खोल्न लगाएर, त्यसको चेकबुक र एटीएम आफैंले राखेर करोडौंको कारोबार चलाएको रहस्य सार्वजनिक भएको छ।

पत्रकार सम्मेलनमार्फत खुल्यो ठगीको पृष्ठभूमि

आइतबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा दिपेशसहित अनुरोध महतो, रामशिष कुर्मी, अबरार हसन, शुभनारायण प्रसाद चौरसिया र शिवनारायण चौरसियालगायत पीडितहरूले एकपछि अर्को गर्दै आफूहरूमाथि भएको आर्थिक शोषणको कथा सार्वजनिक गरे।

दिपेश पटेलको भनाइमा, “हामीलाई विभिन्न बैंक—महालक्ष्मी, सिद्धार्थ, सिटिजन, सनराइज, लक्ष्मी, गरिमा—मा खाता खोल्न लगाइयो। त्यसपछि भने, ‘एटीएम र चेकबुक हामी राख्छौं, प्रयोग गर्नुपर्ने हुन्छ।’ अनि सुरु भयो अज्ञात नम्बरबाट फोनमार्फत रकम उठाउने र कारोबार गर्ने क्रम।”

पीडितहरूको खातामा करोडौं रुपैयाँ बराबरको लेनदेन भएको बैंक स्टेटमेन्टमा देखिएको उनीहरूको दाबी छ। तर, यो रकम कहाँबाट आयो, कसको लागि प्रयोग भयो भन्ने यकिन छैन। आशंका छ—प्रविधि र विश्वास दुबैको दुरुपयोग गरिएको छ।

शेख मकबुल नाम मात्रको पात्र होइन, यो गिरोहको अनुहार मात्र हो। पत्रकार सम्मेलनमा खुलेअनुसार, यो समूहमा वीरगंजका ुपप्पुु भनिने नितेश चौरसिया, शेख साहिल, अमन शर्मा पनि संलग्न छन्।

१० दिनअघि अभद्र व्यवहारको आरोपमा शेख मकबुल पक्राउ परे पनि, ठगीसम्बन्धी कुनै मुद्दा अगाडि बढाइएको छैन। पीडितहरूको माग भने प्रस्ट छ—“हामी ठगियौं, ठगीको मुद्दा चलाउनु पर्छ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र भन्छन्, “ठगीसम्बन्धी कुनै जाहेरी परेको छैन। जाहेरी आएपछि आवश्यक कानुनी प्रक्रिया सुरु गरिनेछ।”

तर पीडितहरू भन्छन्, “हामीले प्रहरीसँग कुरा गरेका छौं, तर अहिलेसम्म हाम्रो पीडा सुन्ने निकाय मौन देखिन्छ।”

यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—सरल नागरिकलाई बैंक खाता खोल्न लगाएर, त्यसकै माध्यमबाट चलखेल गर्ने गिरोहमाथि कहिले कारबाही हुन्छ ? र, प्रणालीको यस्तो फितलो पहरामा कसरी नागरिक सुरक्षित रहने ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको