LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

१२ बैसाख बिरगंज । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाले माछा व्यवसायीलाई दुःख दिएका छन् । पीडित पक्षका अनुसार, पूर्ण कागजात र बिल हुँदाहुँदै पनि डिएसपी सुब्बाले माछा बोकेको गाडी रोकेर माछा जफत गरी भन्सार कार्यालयमा बुझाएका छन्।

घटना बैशाख १० गतेको हो। बीरगंजको नागवा क्षेत्रमा सञ्चालनमा रहेको ‘आरभ फिस सप्लायर्स बाट माछा लोड गरेर निस्किएको पिकअप गाडी नम्बर प्रदेश ०३–००१ च ७९९२ का चालक सरोज सहनी मलाहाले नवलपरासी र कास्कीसम्म माछा पुर्‍याउने योजना बनाएका थिए। उनी बीरगंज महानगरपालिका वडा नं. २५, ड्राईपोर्ट सिरिसियास्थित आफ्नै घरमा छोटो पाटीमा सहभागी भएर राती २ बजे माछा लिएर निस्किएका थिए।

तर ड्राईपोर्टबाट परवानीपुर जाने क्रममा सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाले गाडी रोकेर चालकसँग कागजात र बिल मागे । चालकले तत्कालै माछाको बिल देखाए पनि डिएसपी सुब्बाले उक्त बिललाई अटेर गर्दै माछा सहितको गाडी नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालय बुझाएका थिए।

आरभ फिस सप्लायर्सका सञ्चालक प्रकाश कुमार साहका अनुसार, व्यवसायिक प्रयोजनका लागि विधिपूर्वक बनाइएको बिल र सम्पूर्ण कागजात प्रस्तुत गर्दा पनि माछा जफत गरिनु अन्यायपूर्ण र दुराशयपूर्ण कार्य हो। उनले सशस्त्र प्रहरीले व्यापारी र चालकलाई डर, त्रास र मानसिक तनाव दिने कार्य गरेको भन्दै विरोध जनाएका छन्।

उनले थपे, “हामी वर्षौंदेखि व्यवसाय गर्दै आएका छौं। सबै प्रक्रिया अनुसार बिल बनाउने, कर तिर्ने गरेका छौं। तर डिएसपी सुब्बाको यो व्यवहारले हामीजस्ता व्यापारीहरु अपमानित र निरुत्साहित भएका छौं।”
व्यवसायीको गुनासो अनुसार, यो कार्यले माछा व्यापारी डर र त्रासमा छन् । माछा नष्ट हुने संवेदनशील वस्तु भएकाले ढिलाइ वा अनावश्यक रोकावटले ठूलो आर्थिक क्षति पुर्‍याउने व्यापारीहरूको भनाइ छ।

डिएसपी सुब्बाको तर्फबाट भने यस घटनामा आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। तर व्यवसायी र चालकको भनाइ अनुसार, माछाको बिल देखाउँदा पनि गाडी रोकिनु र मालसामान भन्सारमा बुझाइनु गैरजिम्मेवारपूर्ण कार्य हो । व्यवसायी पक्षले यस विषयमा सम्बन्धित निकायमा लिखित उजुरी दिने तयारी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको