LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पर्सामा राष्ट्रिय परिचयपत्र लिन नागरिकहरूले ठूलो सास्ती भोग्नु परेको छ। बिहान ६ बजेदेखि लाइनमा बसेर पनि सहज रूपमा सेवा नपाएको गुनासो स्थानीयहरूले गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, पर्साको राष्ट्रिय परिचयपत्र वितरण शाखाले नागरिकलाई सहज सेवा दिने प्रयास गरे पनि सफल हुन नसकेको गुनासो छ। कार्यालयको सूचना अनुसार बिहान ७:३० देखि साँझ ७ बजे सम्म सेवा दिने भनिए पनि वास्तविकतामा जनताले समयमै सेवा पाउन सकेका छैनन्।

ग्रामीण भेगका नागरिकहरू बिहान ५ बजे घरबाट हिँडेर कार्यालय पुग्दा पनि घण्टौं लाइनमा बस्न बाध्य छन्। कर्मचारीहरू समयमा कार्यालय आए पनि काममा ढिलाइ गरेर जनतालाई थप सास्ती दिने गरेको गुनासो आएको छ।

नागरिकहरूले कार्यालय व्यवस्थापन सुधार गर्न र प्रभावकारी सेवा प्रदान गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको