LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख सई ललितकुमार बुढाथोकी भ्रष्टाचारको कसुरमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, र मरारीबाबु श्रेष्ठको इजलासले बुढाथोकीलाई दोषी ठहर गर्दै कारबाहीको फैसला सुनाएको हो।

घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई १७ मंसिरमा २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ। पक्राउ परेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो, जसमा अदालतले उनलाई दोषी ठहर गरेको हो।

अदालतको फैसला

विशेष अदालतले सई बुढाथोकीलाई भ्रष्टाचारको अपराधमा दोषी ठहर गर्दै २५ हजार रुपैयाँ बिगो बराबर जरिवाना, १ हजार रुपैयाँ क्षतिपूर्ति, र ३ महिना कैदको सजाय तोकेको छ।

यस फैसलाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले गैरकानुनी लाभ लिने प्रवृत्तिविरुद्ध कडा सन्देश दिएको छ। अख्तियारले भ्रष्टाचार नियन्त्रणमा थप कठोर कदम चाल्ने संकेत दिँदै घुसखोरीलाई कानुनी दायरामा ल्याउन निरन्तर अभियान जारी राख्ने बताएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको