LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

पर्सा जिल्लाको धोबिनी गाउँपालिका-५ मा अवस्थित ‘द ह्युमन लभ च्यारिटी/फण्ड’ नामक संस्थाले आजदेखि निःशुल्क एसईई तयारी कक्षा सञ्चालनमा ल्याएको छ। आर्थिक रुपमा कमजोर तथा गुणस्तरीय शिक्षा प्राप्त गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै यो अभियान सुरु गरिएको हो।

यस संस्थाका संचालकले विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै नेसनल कलेजमा विशेष कार्यक्रमको आयोजना गरेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदिल पटेल तथा सलाउद्दीन अहमदको उपस्थिति रहेको थियो। साथै, संस्थाका महत्वपूर्ण सदस्यहरूमा मोहम्मद मुस्ताक अन्सारी, मोहम्मद खालिद अन्सारी, विकास कुमार, परवेज अन्सारी, मोहम्मद मेराज आलम लगायत अन्य व्यक्तिहरू सहभागी भएका थिए।

संस्थाका अध्यक्ष तथा संस्थापक एजाज अन्सारीका अनुसार नेसनल कलेजमा पप्पु यादवद्वारा कक्षाहरू सञ्चालन गराइनेछ। उनले बताएअनुसार विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्नका लागि अनुभवी शिक्षकहरूको संयोजन गरिएको छ, जसले उनीहरूको एसईई परीक्षामा उत्कृष्ट नतिजा दिलाउने लक्ष्य लिएको छ।

‘द ह्युमन लभ च्यारिटी/फण्ड’ संस्था सहयोगी भावनाले स्थापना गरिएको सामाजिक संस्था हो। यसअघि पनि संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। अध्यक्ष अन्सारीका अनुसार यो संस्था शिक्षाको क्षेत्रमा मात्रै नभई स्वास्थ्य, खाद्य वितरण र अन्य सामाजिक सेवाहरूमा समेत सक्रिय रूपमा योगदान दिँदै आएको छ।

कार्यक्रममा सहभागी अतिथिहरूले संस्थाको प्रशंसा गर्दै यस्तो अभियानले समुदायका विद्यार्थीहरूलाई शिक्षा हासिल गर्न ठूलो मद्दत गर्ने उल्लेख गरे। प्रमुख अतिथि पप्पु यादवले भने, “शिक्षा नै उज्ज्वल भविष्यको आधार हो। यस्तो महान कार्यमा हातेमालो गर्न पाउनु गौरवको कुरा हो।”

संस्थाले आगामी दिनहरूमा थप सामाजिक सेवा तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। विद्यार्थीहरूले निःशुल्क एसईई कक्षा मार्फत राम्रो तयारी गर्न पाउने हुँदा यस अभियानले धेरैलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको