LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगंजका एक युवा मो. कलिम मंसुरीले आफ्नो दु:खद अवस्था सार्वजनिक गर्दै नेपाल फर्काउन अनुरोध गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा उनले आफूले भोगिरहेको पीडाको कथा सुनाएका छन्। कलिमका अनुसार, उनलाई दुबईमा सुपरमार्केटको क्लीनरको कामको आश्वासन दिइएको थियो। तर, दुबई पुगेपछि उनले आफूलाई ठगीको शिकार भएको महसुस गरे।

“एजेन्टले मलाई सुपरमार्केटमा काम हुने भनेको थियो, तर यहाँ आएपछि मलाई अर्कै काममा लगाइएको छ,” कलिमले भनेका छन्। उनले आफ्नो मनोवैज्ञानिक तनाव र शारीरिक कष्टलाई भिडियोमार्फत स्पष्ट गर्दै आफ्नो जीवन असुरक्षित भएको बताएका छन्।

कलिमले एजेन्टद्वारा ठगिएको खुलासा गर्दै भने, “मैले जे सोचेर यहाँ आएँ, त्यस्तो केही पनि भएन। न त कामको प्रकृति मिल्छ, न त तलबमा कुनै निश्चितता छ। मेरो अवस्था दयनीय छ।”

उनले नेपाल सरकार र सम्बन्धित निकायलाई आफ्नो उद्धारका लागि अनुरोध गरेका छन्। कलिमले भावुक हुँदै भनेका छन्, “मलाई घर फर्काउन मद्दत गर्नुहोस्। यदि यो अवस्थामा यहाँ बस्नुपरेको खण्डमा म बाँच्न सक्दिनँ।”

दुबई लगायतका खाडी मुलुकमा नेपाली कामदारहरू ठगिने घटनाहरू बारम्बार आइरहेका छन्। राम्रो रोजगारी र जीवनस्तर सुधार्ने सपना बोकेर विदेश जाने धेरै नेपाली कामदारहरू झूटो आश्वासन र ठगीका कारण अमानवीय अवस्थामा काम गर्न बाध्य छन्।

यस्ता घटनाहरूले नेपालको श्रम प्रवासन प्रणालीको कमजोर पक्षलाई उजागर गरेका छन्। श्रमिकहरूलाई सुरक्षित रोजगारका लागि सक्षम बनाउने, झूटो आश्वासन दिने एजेन्टहरूलाई कडा कारबाही गर्ने, र ठगीको शिकार भएका श्रमिकहरूको उद्धार गर्ने काममा सरकारको तत्काल ध्यान आवश्यक छ।

कलिमजस्ता धेरै युवाहरूले नेपाल फर्कन पाउने र सम्मानजनक जीवन बिताउन सकून् भन्ने आशा सबै नेपालीको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको