LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा १६ कार्तिक पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ जयमंगलापुरमा बिशाल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ। जयमंगलापुरमा रहेको सातोमाई मन्दिर मेलाको अवसरमा दिपावलीको भोली पल मंगलबारको दिन बिशाल कुस्ती दगल प्रतियोगितामा नेपाल र भारतको पहलवान हरुले भाग लिएका थिए। कुस्ती दंगल प्रतियोगिताको उद्घाटन छिपहरमई गाउँपालिका वाड नं ३ का वडाअध्यक्ष दिपेन्द्र सिंहले रिबन काटेर उद्घाटन गर्नु भएको थियो।बिशिस्ट अतिथिमा नेपाली काँग्रेसका जिल्ला सचिव युवा नेता नबिन सिंह कार्यक्रममा गापा उपाध्यक्षके प्रतिनिधि किसोरी साह कानु,शिक्षक बलिष्टर सिंह,बिरेन्द्र प्रसाद, मनोज पटेल,लगायतको उपस्थित रहेको थियोे ।

कुस्ती दंगल प्रतियोगितामा नेपाल नवलपरासीका बलिबहादुर थापाले बंगालको जालिम सिंह लाई पराजित गरेका छन।
कानपुरको मलखान पहलवानले झासीको सयतान सिंह लाई पराजित गरेका छन। भारतको सुमन्त यादवले देवरियाको मनान पहलवालाई पराजित गरेका थिए ।

नेपाल नवलपारसी का महिला सुनिता पहलवान ले भारत झासीका रिता पहलवान लाई प्राजित गरेकि थिन। दंगल मा दर्जनौ पहलवान हरु ले भाग लिएका थिए।कुस्ती दंगल प्रतियोगिता मा हजारौ दर्शक हरु को सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको