LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बीरगन्ज । पर्सा प्रहरीले चोरीको पाँच वटा मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका वडा नम्बर ९ निवासी सिद्धार्थ चौधरी, वडा नम्बर ८ निवासी बिशाल दास थारु र वडा नम्बर २ निवासी पृतम कुमार महतो रहेका छन् ।

असोज २५ सखुवाप्रसौनी गाउँपालिका–१ सतोवल निवासी शिवदत्त दास थारुको ना ५१ प ७४३५ नम्बरको यामाहा एफजेड १५० सि.सिको मोटरसाइकल उनकै घरबाट चोरी भएको थियो ।

घटनापश्चात शिवदत्तले इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा दिएको उजुरीको आधारमा प्रहरीले मोटरसाइकलको खोजी सुरु गरेको जनाएको छ । सोही क्रममा पर्सागढी नगरपालिका वडा नम्बर ९ कोइलाभारस्थित सिद्धार्थले चलाइरहेको अवस्थामा उक्त मोटरसाइकल फेला पारेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

प्रहरीले सिद्धार्थलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा उनले बिशाल र पृतमको नाम खुलाएकोले उनीहरुलाई समेत नियन्त्रणमा लिइएको जानकारी दिएको छ । उनीहरुको साथबाट थप चार वटा मोटरसाइकल समेत फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरु माथि चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको