LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया । पर्सा ४ असोज
पर्साको धोबीनी गाउँपालिकाको १०अौ गाउँसभा निति तथा कार्यक्रम सम्पन्न भएकाे छ । गाँउसभा तिन महिना ढिलो अायो तर दुरुस्त अायो।
गाँउसभामा चालू आर्थिक वर्ष २०८१/८२ काे नीति, कार्यक्रम तथा गाउँ सभा बाट ३९ करोड १ लाख बराबरको बजेट पारित गरि प्रस्तुतीकरण गरिएकाे छ।
गाँउसभामा धाेबीनी गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी पटेलको अादेशा अनुसार प्रमुख प्रसाशकिय अधिकृत अशोक रौनियारले ३९ करोड १ लाख बराबरको अनुमानित बजेट प्रस्तुतीकरण गर्नु भएको थियो। ।धोबिनी गाउँपालिकाको गाउँ सभा धोबिनी गाउँपालिकाको सभा हलमा भएको गाँउसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गर्नु भएको थियोे । गाउँ सभामा बोल्दै गाउँपालिका अध्यक्ष चौहानले भने मेरो पहिलो प्राथमिकता स्वास्थ्य ,शिक्षा,कृषि ,महिलाबालबालिका ,पर्यटन, भौतिक बिकास निर्माण को साथै गाउँपालिका मा साक्षरता अभियान चलाएर जेष्ठनागरिक हरु लाई समेत नाउँ लिखने गरि साक्षर बनाएर बाकी रहेका असाक्षर हरु लाई साक्षर बनाएर गाउँपालिका लाई साक्षर घोषणा गर्ने जनाए का छन। अध्यक्ष चौहान ले भने राजनितीक समस्याको कारण गाउँ सभा ढिलाई भएको हो यश कारण बिकासको काम र जनता हरुको कामकाज समस्या भईरहेकोले गाउँ सभा गरिएको हो। अब बिकास लगायत जनता हरुको कामकाज छिटो छरितो हुने प्रतिबद्धता गर्नु भएको हो।
धोबीनी गाउँपालिका अध्यक्ष चौहानको अध्यक्ष्ातामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिका का प्रमुख प्रसाशकिय अधिकृत अशोक रौनियारले भने गाउँपालिकामा साक्षरता अभियान गाउँपालिकालाई साक्षरता घोषना गर्ने बताए । गाउँपालिका साक्षरता घोषणा गराउनमा सहयोग गर्ने लाई सम्मानित गर्ने बताए । गाउँ सभा कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्याम किसोर पटेल, भिखमपुरका सशस्त्र प्रहरीका डिएसपी रिवाज दहाल, भिस्वा बिओपिका सशस्त्र प्रहरी निरिक्षक मिन प्रसाद भटराई, वडाअध्यक्ष अबास मियाँ चुरिहार,राजकिसोर पटेल, वडाअध्यक्ष देबेन्द्र पटेल वडाअध्यक्ष मनाउर मियाँ ,कार्यापालिका सदस्य दिनेश कालवार लगायत कार्पालिका सदस्य गाउँ सभा सदस्य ,महिला सदस्य , शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, ईन्जिनियर रबिभुषन पटेल,योजना शाखा प्रमुख पप्पु पटेल ,लेखापाल धन्नजय दास , जिन्शि प्रमुख प्रदिप पटेल , प्रदिप गुप्ता ,तेजेन्द्र माली,केशराज प्रसाद कुर्मी पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सहजीकरण स्वास्थ्य शाखा प्रमुख संजय यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको