LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

धिरज बर्णवाल
वीरगन्ज ।पर्साजिल्लाको पकाँहामैनपुर गाउँपालिका वडा नं -१ धोरे स्थित रहेको पोखरिमा एक जना महिलाको मृत शव फेला परेको छ।

मृत्यु हुनेमा पकहाँमैनपुर गाउँपालिका वडा नं -१ को स्वर्गीय बुवा सुरेन्द्र प्रसाद महतो को छोरी अन्दाजी वर्ष २० कि अन्जली महतो रहेकी प्रहरी चौकी धोरे का असई सञ्जय यादवले जानकारी दिएका हुन्।

प्रहरीका अनुसार मृतक अन्जलीको बिहे भारतको बिहारमा जिल्ला पश्चिमी चम्परणको गर्दौल गाउँमा सर्वजित महतो भन्ने केटा संग भएको हो । श्रोतका भनाई अनुसार मृतक अन्जलीको एउटा ५ वर्षको छोरा पनि छ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी टाेलिले घटनास्थलमा पुगेर जनप्रतिनिधिहरुको रोहवरमा मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा लागिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख राजन ढकालले जानकारी दिएका हुन्।

मृत्यु कसरी भएको छ भन्ने अहिले याे कारण खुलेको छैन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको