LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज १ भदौ । निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहयोगमा तथा बिरगंज महानगरपालिका वार्ड नम्बर १३ कार्यालयको आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १ सय ५७ जना बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्।
स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा सेवा प्रदान गरियो। डा. अच्यूतानन्द लाल कर्ण (बरिष्ठ फिजिसियन, मुटु, हार्ट, चिनी, मधुमेह, थाइराइड, किडनी रोग विशेषज्ञ), डा. प्रशान्त साह (बरिष्ठ फिजिसियन), डा. अरबिन्द (कु) साह (हार्ड जोर्ने तथा नशा रोग विशेषज्ञ, सर्जन), डा. नविन झा (बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ), र डा. तेजनाथ तिवारी (सेनियर मेडिकल अफिसर) ले बिरामीहरूको स्वास्थ्य जाँच गरी सेवा प्रदान गरे।
शिविरमा नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अशोक कुमार गुप्ताको पनि महत्वपूर्ण भूमिका रहेको थियो। कार्यक्रममा एम.डी. कुनाल महतो, हस्पिटल प्रमुख सदाम हुसेन, मार्केटिङ अफिसर बुलेट तिवारी, वडा अध्यक्ष हिरालाल गिरी, सदस्य कमरुदिन अन्सारी, महिला सदस्य जुबैदा खातुन, वडा सचिव रामचन्द्र पटवारी, कम्प्युटर अपरेटर रचना अधिकारी, ल्याब टेक्निसियन अनिल कुमार, गगा प्रसाद चौधरी, हेल्थ असिस्टेन्ट बिनय साह, र स्टाफ नर्स लक्ष्मी बि.क कार्यालय सहयोगी हरिनारायण महतो लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, स्थानीय बुद्धिजीवी र अगुवाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको