बिरगंज २५ बैशाख । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज माहानगरपालिका वार्ड न.२७ रामपुर जसौली स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा कक्षा शिशु देखी कक्षा ६ सम्म अध्यन्नरत २ सय ६६ जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै पाँच थान सिलिङ्ग पंखाको प्रबन्ध गरिएको छ ! बिद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी तथा सदस्य सुमन बगेडीयाले बिद्यालयको प्र.अ .रामजीत प्रसाद चौहान तथा बिधालय व्यवस्थापन समीती अध्यक्ष उमेश कुमार कुश्वाहालाई पंखा हस्तान्तरण गरिएको छ ! सो कार्यक्रममा बिद्यालयको शिक्षक शिक्षिका ,स्थानीय भद्रभलादमी तथा बालबालिकाहरुको समेतको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश थारुले बताए ।







