LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

हरिकिशोर शर्मा जिराभवानी १५ बैशाख । ठोरीमा आज जोखिम न्यूनीकरणमा योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।ठोरी गा पा ४ मा अवस्थित श्री ने रा आ बि निर्मलबस्तीमा दीप नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको उक्त एकदिने अभिमुखीकरण कार्यक्रममा विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई के कसरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा संस्थाका संयोजक विष्णु सापकोटाले अभिमुखीकरण कार्यक्रमका प्रशिक्षण गरेका थिए।
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठको अध्यक्षता तथा ठोरी गापा शिक्षाशाखा प्रमुख भुपाल कुमार जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ठोरीका विभिन्न विद्यालयका गरि २० जना शिक्षकहरुलाई जोखिममा रहेका वालवालिकाहरुको पहिचान गरी शिक्षण सिकाइ क्रियाकलापमा सहजिकर्ण गर्ने ,जोखिममा रहेका वालवालिकाहरुलाई बेचबिखनबाट जोगाउन लगायतका बारेमा योजना निर्माण गरी कार्य थालनी गर्न समेत दीप नेपालका सापकोटाले अभिमुखीकरण गरेका थिए। दीप नेपालले भोलि ( आइतबार )नेराआवि निर्मलबस्तीका ३५ जना विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिकसामग्री वितरण गर्ने कार्यक्रम समेत रहेको दीप नेपालका कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए।यस अघि पनि यस संस्थाले ठोरीको विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई पोशक तथा शैक्षिक सामग्री वितरण गरेको थियो। कार्यक्रममा आमोदेवी जनता क्याम्पस बढनियारका क्याम्पस प्रमुख मन्तलाल चौधरीको पनि उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण त्यसै विद्यालयका शिक्षक आशाकाजी गोलेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको