LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज – पर्सा कोे छिपहरमाई गाउँपालिका का श्री मंगल उच्च मावि भिस्वा मा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाली मुस्लिम समाज भिस्वाको आयोजनामा मिति २०८१/०१/०८ शनिबार स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । दृष्टि विशेषज्ञ अस्पताल प्रा.लि बिरगंज संगको सहकार्यमा भएको कार्यक्रममा बिभिन्न बिधा र उमेर समुहका गरी १९२ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा आँखा तथा नाक,कान , घाँटी को जाँच गरिएको थियो भने औषधीसमेत निशुल्क वितरण गरिएको थियो ।

 

 

नेपाली मुस्लिम समाज भिस्वा का अध्यक्ष साहिल अख्तरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी (केन्द्र ) का छिपहरमाई गाउँपालिका कमिटी सचिव तथा वाडा नम्बर -५ का अध्यक्ष प्रतियासी यूवा नेता शाहरूख मन्सुरी प्रमुख अतिथि रहनुभएको थियो । मन्सुरीले सामान्य खर्चको अभावमा रोगको पहिचान गर्न समेत नपाएका र आफ्नो स्वास्थ्य जाँच गराउन खासै ख्याल नगर्ने हरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताउनुभयो।

 

उहाले समुदायका धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य भएको आफुहरु अवगत रहेकाले पनि यस कार्यक्रम गर्नु आवस्यक रहेको बताउनु भयो। साथै उहाले बच्चा देखि वृद्ध सम्म सबैलाइ एकै ठाउमा सेवा दिन पाएकोमा खुसी ब्यक्त गर्नुभयो। नेपाली मुस्लिम समाज भिस्वाका अध्यक्ष साहिल अख्तरले बिशेषज्ञ डाक्टर द्वारा शिविर सम्पन्न गरिएको र स्वास्थ्य परिक्षण गर्न आउनेहरु खुसी भएको बताउनुभयो।

 

कार्यक्रमका बिशिस्ट अतिथि समाजसेवी आजाद अहमदले आफ्नो गाँउ मा यो किसिमको शिविर आयोजना गरिएको प्रती आफुलाइ खुसी लागेको बताउदै नेपाली मुस्लिम समाज भिस्वालाई धन्यवाद दिनुभयो।

 

दृष्टि विशेषज्ञ अस्पताल प्रा.लि बिरगंज का डा. मधु कान्त चौधारीले क्लब तथा संस्था हरुले समय समयमा गर्ने शिविरले समाजमा सकारात्मक परिवर्तन ल्याउन भुमिका खेलेको बताउनु भयो।

 

कार्यक्रमका संयोजक नेपाली मुस्लिम समाज भिस्वा का सहसचिव असहाब मियाँ तेलीले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले मात्र नभई बेला बेला आफ्नो स्वास्थ जाँच गराउनु भनेको ठूलो समस्या बाट बच्नुहो भन्ने सिकाउनका लागि पनि शिविरको आयोजना गरिएको बताउनु भयो।

 

नेपाली मुस्लिम समाज भिस्वा का कोषाध्यक्ष फिरोज आलम समानीले युवाहरु आफ्नो भबिस्य निर्माणका साथै समाज र रास्ट्रको भविस्यमा पनि सचेत हुनुपर्ने र त्यस तर्फ आफुहरुको ध्यान जानुपर्ने धारणा ब्यक्त गर्नुभयो।

 

नेपाली मुस्लिम समाज भिस्वाले आयोजना गरिएको शिविरमा विभिन्न उमेर समुहका १ देखि ५ नम्बर वडाका वडाबासीले समेत स्वास्थ्य जाँच गाराएका छ्न।

 

नेपाली मुस्लिम समाज भिस्वा का पदाधिकारी आलियखबर आलम, मिरोज सामानी, आयुब मन्सुरी, आशिफ सामानी, जयामधेश गदी, आशिक अहमद तथा दृष्टि विशेषज्ञ अस्पताल प्रा.लि बिरगंज का डा. मधु कान्त चौधारी लगाएतका बिशेषज्ञ डाक्टर स्वास्थ्य शिविर टोलि र

नेपाल न्यूज एक्सप्रेस दैनिक का सञ्चालक पत्रकार अमीर मन्सुरी, प्रदेश टिभि का पत्रकार धिरज ब्रानवाल

समाजसेवी हिमाञ्चल कुशवाहा, साहबजान मियाँ,दिपेश पटेल लगाएत नेपाल प्रहरी भिस्वा चौकी तथा स्थानीयवासी हरु को उपस्तिथि थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको