LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज,१० जेठ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी रहेको छ। गत शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म जारी रहेको थियो भने आज अध्यक्ष ओलीले उठाइएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको छ।

बैठक सुरु हुनुअघि बोल्न बाँकी रहेका नेताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। हालसम्म बैठकमा बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याएका छन्। उनीहरूले पार्टीलाई वर्तमान अवस्थाबाट बाहिर निकाल्न नयाँ शैली र नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।

अध्यक्ष ओलीको बचाउमा भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत खुलेर उभिएका छन्। उनीहरूले पार्टी संकटमा रहेका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने तर्क प्रस्तुत गरेका थिए। यस्तै उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्यालले पनि ओलीको पक्षमा धारणा राखेका छन्।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले प्रत्यक्ष रूपमा ओलीको समर्थन नगरी पार्टी अहिलेको अवस्थाबाट अघि बढ्न कठिन हुने संकेत गरेका थिए। स्रोतका अनुसार उनले घुमाउरो शैलीमा नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका हुन्।

त्यसैगरी उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेलले पनि ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले समेत ओलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

आजको बैठकमा सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्ने कार्यक्रम रहेको छ। बैठकमा अधिकांश नेताहरूले आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिए पनि अध्यक्ष ओली त्यसका लागि तयार नभएको स्रोतले जनाएको छ। सबै नेताहरूको धारणा सकिएपछि ओलीले समग्र विषयमा जवाफ दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको