LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

वीरगंज,२३ जेठ। ईलाका प्रहरी कार्यालय सिमरा बारामा कार्यरत प्रहरी जवान अनिल यादवले आर्थिक तांडव मचाएको आरोप लागेको छ । सिमरा–पथलैया सडक खण्डमा चल्ने विभिन्न ट्रान्सपोर्टका मालवाहक गाडी चेकजाँचको बहानामा अवैध तरिकाले रकम असुली गरिरहेको आरोप लागेको हो ।

बारा, पर्सा लगायतका सिमानाकाबाट हुने तस्करी लगायतका अवैध मालसामानहरु सिमरा–पथलैया सडकखण्ड हुँदै विभिन्न ट्रन्सपोर्टको माध्यमबाट काठमाडौं, हेटौंडा, पोखरा लगायत जाने मालवाहक गाडीलाई चेकजाँच गर्दै अवैध अर्थ संकलन गर्न प्रहरी जवान यादवलाई घुमुवाको रुपमा परिचालन गरिएको प्रहरी तथा व्यापारिक स्रोतको दाबी छ ।

ईलाका प्रहरी कार्यालय सिमराका डिएसपीको बलमा जितपुर, सिमरा लगायतका भएर निस्कने तस्करीका मालसामान वापतको अवैध असुलीमा लागेको आरोप लागेको छ ।

यस अघि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कार्यरत रहेको बेला तस्करहरुसंग बलियो साँटघाट बनाएका यादव विवादित भएपछि त्यहाँबाट प्रदेश कार्यालयमा तानिएका थिए ।

तर अहिले भने पटेर्वा सुगौलीको ईलाकामा समेत पुग्दै जितपुर, सिमरा, पथलैया सडक खण्डमा चल्ने ट्रान्सपोर्ट लगायतका गाडी तथा व्यापारीहरुसंग रकम असुल्न भ्याईनभ्याई भएको स्थानीयले समेत बताएका छन् । घुमुवाको रुपमा विवादित मानिएका प्रहरी जवान यादवमाथि बाराका एसपीले के एक्शन लिन्छन् ? त्यो पर्ख र हेरको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको