LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पोखरिया २७ चैत। पर्साको धोबिनी गाउँपालिका वडा नम्बर- ३ ठूलो गुलरियाका चार
जनाको परिवारलाई अति आवश्यकीय राहत सामग्री प्रदान गरेको छ । घर आगलागीका कारण पीडित भएका परिवारलाई गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले राहत समाग्री बितरण गरेका छन। अग्नि पिडित गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र राउत कुर्मी , रविन्द्र पटेल , मनिफ मियाँकाे घरमा आगलागी भएपछि घटना स्थलमा पुगेर आगलागी पीडित परिवार हरुलाई अति आवश्यकय राहत सामग्री बितरण गरिएको छ। सोमबार राति करिब १२ बजेतिर आगलागी हुँदा नगद गरगहना, घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भएका घर बिहिन भएका अग्नि पिडित हरुलाई राहत समाग्री वितरण गरिएको धोबिनी गाउँपालिका अध्यक्ष चौहानले बताए । अागलगी बाट घर सहित सम्पुर्ण समान जलेर नस्ट भएपछी पिडित हरुलाई खान , लगाउन , बस्ने समस्या भएकोले गाउँपालिका बाट राहत बितरण गरिएको धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले बताए । राहत समाग्रीमा नेपाली काँग्रेसका नेता श्यामकिसोर पटेल, वडा नं ४ का वडाअध्यक्ष अबास मियाँ चुरिहार, वडाअध्यक्ष राजकिशोर प्रसाद कुर्मी , कार्यपालिका सदस्य दिनेश कलवार, वडासदस्य कमल ठाकुर,स्थानिय बुनिलाल कुर्मी, जिन्शी शाखा प्रमुख प्रदिप पटेल, योजना शाखा प्रमुख पपु पटेलको टोलीले मंगलबार
पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो। पीडित परिवारलाई तत्कालको लागि गाउँपालिका बाट त्रिपाल, चामल, दाल, आलु, पियाज तेल, नुन, कुकर ४ पिस बर्तन,गैस सिलिन्डर लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको साहले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको