LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया। पर्सा २७ चैत ।पर्साको धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियाका चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले अाज राहत समाग्री बितरण गरेका छन। अग्नि पिडित गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र राउत कुर्मी , रविन्द्र पटेल , मनिफ मियाकाे घरमा आगलागी भएपछि रेडक्रसले राहत बितरण गरिएको छ। आगलागी पीडित परिवार हरुलाई अति आवश्यकीय राहत सामग्री बितरण गरिएको छ ।
सोमबार राति करिब १२ बजेतिर आगलागी हुँदा नगद गरगहना,घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन् । राहत समाग्री नेपाल रेडक्रस सोसाइटि मधेस प्रदेश कमिटि उपकोषाअध्यक्ष सलाउदिन अहमद ,धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह , वडाअध्यक्ष राजकिशोर प्रसाद कुर्मी , जिन्शी प्रमुख प्रदिप पटेलको टोलीले मंगलबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।
पीडित परिवारलाई तत्कालको लागि त्रिपाल, सिरक, डसना, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको अहमदले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको