LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया । पर्सा ४ चैत
रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया नगरपालिका- वडा नं ९ सेमरबारीमा संचालित १ महिना सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको वडा नं.३,६,७,८,९,१० का महिलाहरुले संचालन गरिएको तालीममा सहभागी महिलाले सिलाई कटाई बुनाईको सीप सिकेका छन ।
महिलाले यसरी सीप सिकेर सिकेको सिपलाई जीवन उपयोगी बनाउदै आर्थिक रुपान्तरण गर्न सक्नु पर्ने पोखरिया नगरपालिकाका उप प्रमुख रुबी ठाकुरले बताईन। नगरपालिकाले पोखरियाका महिलाहरू लाई आत्मनिर्भर बनाउने उद्देश्यले समय समयमा यस्ता विभिन्न तालीमको आयोजना गर्दै आएको छ।१ महिना सिलाई कटाई तालिमका सहभागीहरुलाई आज १२ जना महिला हरु लाई पोखरिया नगरपालिका कि उप प्रमुख रुबी ठाकुरले प्रमाणपत्र तथा सिलाई कटाई मेसिन समेत हस्तान्तरण गर्नुभएको हो । सिलाई कटाई तालिम को समाप्न कार्यक्रम वडा नं.९ का वडाध्यक्ष नौसाद आलम, को अध्यक्ष्ातामा सम्पन्न भएको थियोे । समापन कार्यक्रम कार्यक्रममा सामाजिक शाखा प्रमुख वाल्मीकि साह,सहायक नरेन्द्र साह, प्रशासन प्रमुख सन्जय पानडे, नेकपा एमाले नगर अध्यक्ष बिन्धाचल ठाकुर, , बिजय झा, निरज ठाकुर, नेता मनोज चौहान, रामअयोध्या कुर्मी, पारस ठाकुर, शिक्षक बिन्दा देबी चौरसिया, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको