LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

बारा । बारामा सवारी दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नमबर १ स्थित आधाभार जंगल सडक खण्डमा ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

 

सिमराबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र ०१–०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा एकजना भारतीय नागरिकसिहत २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

 

मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान रहेका छन् । एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घाइते हुनेमा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरका ३० वर्षीय रवि पटेल रहेका छन् ।

 

घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको