LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न वीरगंज पुगेको टोलीले वडा नं. ३ को कार्यालयमा सोधपुछ गरेको छ । टोलीले वडा कार्यालयले छोरी बनाएर गरेको सिफारिस पत्र, रजिष्टरको रेकर्ड लगायतको अनुसूची विवरण हेरेको हो । सिफारिसमा संलग्नहरुको जवाफ चित्तबुझ्दाे नपाएपछि गृहको टोलीले लिखित बयान नै लिएको छ ।

 

मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई छोरी बनाएर नागरिकता दिलाएका थिए । जसको खुलासा सिधाकुराले गरेको थियो । सोही प्रकरणमा छनबिन गरी कारबाही गर्न माग गर्दै ७ ओटा निकायमा उजुरी परेका छन् । मेयरको नागरिकता किर्तेबारे संघीय संदनमा समेत प्रश्न उठ्न थालेको । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता किर्तेबारे प्रश्न गरेका थिए । सडक र सदनमा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले विस्तृत छानबिनका लागि समिति गठन गरि वीरगंज पठाएको हो ।

 

गृह मन्त्रालयक उपसचिव पुष्कर रानाको संयोजकत्वमा शाखा अधिकृत परशुराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले वीरगंज महानगरपालिका वडा नम्बर ३ को वडा कार्यालय छपकैयामा पुगेर वडाबाट गरिएका सिफारिस, त्यसका अधार तथा प्रमाणबारे बुझेको छ । नागरिकताको सिफारिस लिएको २०७५ साउनको पहिलो साता र प्रतिलिपि लिएको २०७६ फागुन पहिलो साताको समयमा वडाअध्यक्ष रहेका बैजुलाल स्वर्णकार र वडा सचिव समिन देवान अहिलेपनि सोही पदमै छन् । तर सिफारिस गर्ने र प्रतिलिपि लिइएको समयमा वडा अध्यक्ष बैजुलाल स्वर्णका वडा कार्यालयमा उपस्थित थिएनन् । त्यसबेला वडा सदस्य तुफैल अख्तर ठकुराइ कार्यबाहक वडा अध्यक्ष थिए । वडा सचिव सचिव समिन देवानको लिखतमा कार्यबाहक वडा अध्यक्ष ठकुराइले राजेशमानलाई बाबु बनाएर रुबिना श्रेष्ठको जन्मदर्ताको प्रमाणपत्र का साथै नागरिकताका लागि सिफारिस तथा अन्य कागजात बनाईदिएका थिए । उपसचिव रानाका टोलीले सोहि कागजात वडा कार्यालयमा डेढ घण्टा सोधपुछ गरेका थिए ।

 

सिफारिस पत्र, प्रमाणहरु, रजिष्टर लगायतको विवरण गायब पारेका वडा अध्यक्ष बैजुलाल स्वर्णकार, तत्कालिन वडा सदस्य तुफैल अख्तर ठकुराईसँगको सोधपुछका क्रममा चित्तबुझ्दाे जवाफ नपाएपछि छानबिन टोलिले जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर भिडियो तथा लिखित बयान लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरुमा सिफारिस गर्ने र प्रतिलिपिका अर्को सिफरिस गर्ने वडा अध्यक्ष बैजुलाल स्वर्णकार र वडा सदस्य तुफैल अख्तरसँग बयान लिएपनि सबै घटनामा साक्षी वडा सचिव समिन देवानसँग भने बयान नलिइएको प्रशासन स्रोतले बतायो

 

जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक छानबिनको क्रममा संलग्नता देखिएका कर्मचारीलाई जिम्मेवारी मुक्त गरी स्पष्टीकरण माग गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले १३ महिना अघिसम्म फाइल भएको तर तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेश ढकालको पालादेखी अनुसुची लगायतको विवरण गायब भएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको