LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

नवल यादव सर्लाही ,मंसिर १४ – चन्द्रनगर गाउँपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु बिगत चार महिना देखिको तलब नपाएको भन्दै धर्ना दिएका छन् । उनीहरुले गाउँपालिका कार्यालयको मुल गेटमा धर्ना दिएका हुन् ।

गाउँपालिका भित्रका १२ वटै सामुदायिक विद्यालयका शिक्षक तथा पालिकामा कार्यरत कर्मचारीहरु आर्थिक वर्ष २०८०/०८१ को श्रावण महिनादेखि हालसम्म साथै दशै,तिहार र छठ जस्तो पर्वमा समेत गाउँपालिकाले तलब भत्ता उपलब्ध गराउन नसकेको तथा विद्यालय संचालनको लागि आवश्यक पर्ने दिवा खाजा लगायतका विभिन्न शिर्षकहरुको रकम निकासा नगराएको र यसका लागि पटकपटक मौखिक छलफल गर्दा पनि हालसम्म कुनै निकासा नगरिएकोले बाध्य भएर धर्मा दिनु परेको नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँ समितिका अध्यक्ष सरोज कुमार सिंहले बताए ।

तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या भइरहेको धर्नामा बसेका शिक्षक तथा कर्मचारीहरुले बताएका छन् । यसबाट शिक्षक,कर्मचारी तथा बालबालिकाहरुमा मनोबैज्ञानिक ,आर्थिक तथा शैक्षिक रुपमा प्रतिकुल असर परिरहेको मासिक रुपमा पाउनुपर्ने तलब भत्ता,दिवा खाजा लगायतका विभिन्न शिर्षकका रकमहरु अविलम्ब निकासा गर्न उनीहरूले जोडदार माग गरेका छन् ।

शिक्षकहरुको आन्दोलनमा स्थानीय तह तदर्थ समिति चन्द्रनगरले पनि एकबद्धता जनाएका छन् । मंसिर १२ गतेबाट सुरु भएको धर्ना कार्यक्रम समस्याको सामाधान नहुन्जेलसम्म जारी रहने ने.शि.महासंघ चन्द्रनगर गाउँ समितिका अध्यक्ष सिंहले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको