LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

धिरज वर्णवाल ।

वीरगन्ज असोज २८। पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वाडा नं.०१ धोरेमा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ।

 

पकाँहामैनपुर गाउँपालिका वाडा नं.०१ धोरेमा रहेको श्री राम जानकी दुर्गा मन्दिरको प्राङ्गणबाट हजारौंको संख्यामा,बाजागाजासहित निकालिएको कलश यात्रा वाडा परिक्रमा गदै धोरेको सीमानाकामा रहेको धुताहा पुलको खोलामा जलभरेर मन्दिरमा स्थापित गरेका हुन्।

 

 

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइ मधेसका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।

 

यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजा अर्चना गर्ने परम्परा रहेको छ ।

 

पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलतोरी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म नाचगान तथा मेला लाग्ने भएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको