LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया

पर्सा २९ भदाैं

पर्साको धोबीनी गाउँपालिकाको ८अौ गाउँसभा अाज सम्पन्न भएकाे छ ।असार १० गतेभित्रै हुनु पर्ने गाँउसभा तिन महिना ढिलो गरि अाज सम्पन्न भएकाे हाे ।

गाँउसभामा चालू आर्थिक वर्ष २०८०/८१ काे नीति, कार्यक्रम तथा गाउँ सभा बाट ३६ करोड५ लाख५५हजार बराबर को बजेट प्रस्तुतीकरण गरिएकाे छ।

गाँउसभामा धाेबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेवी पटेलले ३६ करोड ५ लाख ५५ हजार बराबर को अनुमानित बजेट प्रस्तुतीकरण गरिन् ।धोबिनी गाउँपालिका को गाउँ सभा धोबिनी गाउँपालिका को सभा हल मा भएको

गाँउसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गर्नु भएको थियोे । गाउँ सभा मा बोल्दै गापा अध्यक्ष चौहान ले भने राजनितीक समस्या को कारण गाउँ सभा ढिलाई भएको हो यश कारण बिकास को काम र जनता हरु को कामकाज समस्या भईरहेको ले गाउँ सभा गरिएको हो। अब बिकास लगायत जनता हरु को कामकाज छिटो छरितो हुने प्रतिबद्धता गर्नु भएको हो।

गाउँ सभा कार्यक्रम मा शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन,महिला बालबालिका र भौतिक पूर्वाधार विकास लगायत लाई प्राथमिकतामा रहेको उनले बताए। संघ समानिकरण अनुदान८ करोड ४२ लाख,संघ सरकार बाट शसर्त अनुदान१२ करोड ९५ लाख,संघिय राजस्व बाडफाड ६ करोड ४८ लाख ६७ हजार अाठ सय।प्रदेश समानिकरण अनुदान ५९ लाख ११ हजार ।प्रदेश सरकार बाट शसर्त अनुदान ५० लाख।प्रदेश राजस्व बाडफाड४० लाख।प्रदेश सरकार विशेष अनुदान ३० लाख।प्रदेश सरकार सम्पुर्क अनुदान २० लाख।स्थानिय राजस्व बाडफाड २० लाख।गत अाव को बाकी मौजदातअानतरिक राजस्व ६करोड ७६ हजार दुई सय गरि जम्मा ३६करोड ५ लाख ५५ हजार बराबर को अनुमानियत बजेट गाउँ सभा बाट प्रस्तुतिकरण गरिएको हो।

धोबीनी गाउँपालिका अध्यक्ष चौहान को अध्यक्ष्ातामा सम्पन्न भएकाे कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि श्याम किशोर कुर्मी , गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेन पाँच वटै वडाका वडा अध्यक्ष बन्धु साह तेली,देबेन्द्र पटेल,राजकिसोर कुर्मी, अबास मियाँ चुरिहार,मनाउर मियाँ , गाउँपालिका महिला र पुरुष सदस्यहरु पत्रकार, सुरक्षाकर्मी लगायतकाे सहभागीता रहेको थियो । गाउँ सभा को बिरोध मा ६ जना कार्यपालका सदस्य र एक जना महिला सदस्य गरि ७ जना सदस्य रहेको र अाज को गाउँ सभा नरहेको देखिएको हो। ८ अौ गाउँ सभा मा २९ जना जनप्रतिनिधि मध्य २२ जना जनप्रतिनिधि हरु को सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको