LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगंज (पर्सा), २९ फागुन । समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिका अध्यक्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

समितिका सचिव रमेश सुवेदीले सोमबार एक विज्ञप्ति जारी गरि अध्यक्ष प्रवीण साहले मिति २०७९/११/२८ गते जारी गरेको विज्ञप्तिमा संगठनको विधान र मर्म विपरित कार्य गरेको कारण जिल्ला कार्य समितिले निष्काशन गरि सकेको गैर पत्रकारको संरक्षणका लागि जारी गरेको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रदेश समितिका सचिव सुवेदीद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा मिति २०७९/११/२१ गतेका दिन पत्रकार पत्रकारबीच भएको विवादको विषय जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक दिपक गिरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी सहित एक दर्जन भन्दा बढि पत्रकारहरुको उपस्थितिमा मौखिक रुपमा सहमति भई विवाद सल्टि सकेको अवस्थामा अन्यत्रबाट संचालित भएर पुनः एक सप्ताहपछि उजरी दिने कार्य गरेको र त्यसको समर्थमा संगठनका प्रदेश समितिका अध्यक्ष प्रवीण साहले हचुवाको भरमा कसैसँग सल्लाह नै नगरी संगठनबाट निष्काशन गरि सकिएको व्यक्तिको संरक्षणको लागि विज्ञप्ति जारी गरेकोप्रति हाम्रो घोर आपत्ति छ भन्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संगठनका केही व्यक्तिले आफ्नो राजनीति स्वार्थ सिद्ध गर्ने उद्देश्यले संगठनलाई नै भाँडभैलो मच्चाउने गरि केही कथित व्यक्तिलाई प्रयोग गरि संगठनलाई नै प्रयोग गरिएको हाम्रो ठहर छ भन्ने उल्लेख गरिएको छ । संगठन पर्साका अध्यक्ष मनोज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, कोषाध्यक्ष हरिशंकर शर्मा लगायतका पत्रकारहरु संलग्न रहेको विषय मौखिक रुपमा समाधान गरि सकिएको अवस्थामा त्यही विषयलाई लिएर संगठनको प्रदेश समिति एवम् पदाधिकारीहरुबीच पनि कुनै किसिमको राय सल्लाह नै नगरी अध्यक्ष साहले विज्ञप्ती जारी गरेकोले त्यो कुनै संगठनको धारणा वा मांग नभएर सिंगो व्यक्तिको धारणा रहेको जानकारी गराइएको छ ।

साथै अभद्र व्यवहार भएको भनिएको व्यक्ति दिपक चौरसियाको आचारणको बारेमा सबैलाई थाहा भएकै कुरा भएकोले थप भन्नु नपर्ने र त्यस्तै आचरण र व्यहारकै कारण उनलाई संगठनको जिल्ला कार्य समितिले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिसकेको प्रदेश समितिलाई जानकारी रहेको अवस्थामा अध्यक्ष साहले निकालेको विज्ञप्तिले सिंगो संगठनप्रति नै आँच पुग्ने कार्य भएको हाम्रो बुझाई रहेको सचिव सुवेदीको भनाई छ । तसर्थ पत्रकार पत्रकारबीचको विवादलाई आपसी समझदारी सुलझाउन विज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको